दफा ६६७
बदनियतले लिएको वस्तु वा रकम र त्यसको लाभ फिर्ता गर्नु पर्नेः

(१) कसैले आफ्नो दाबी नपुग्ने कुनै रकम वा वस्तु कसैबाट बदनियतपूर्वक प्राप्त गरेमा निजले त्यस्तो रकम वा वस्तु र त्यस्तो रकम वा वस्तु प्राप्त गरेको दिनदेखि फिर्ता गरेको दिनसम्म त्यस्तो रकममा कानून बमोजिम लाग्ने ब्याज वा त्यस्तो वस्तुबाट प्राप्त गरेको लाभ वा प्रतिफल समेत फिर्ता गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त गरेको रकम वा वस्तुको कारणवश हानि, नोक्सानी भएमा त्यस वापतको क्षतिपूर्ति समेत निजले बुझाउनु पर्नेछ ।